प्रहरी कार्यालयामा बिचौलियालाई निषेध गर्दछु- एसपी बोगटी

गढीमाईखवर डट कम
256 पाठक संख्या

बारामा हालै सरुवा भएर आएका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक होमिन्द्र गोबटीले जिल्ला प्रहरी कार्यालयमा बिचौलिया निषेध गर्ने बताएका छन ।

शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरु संगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक बोगटीले यस्तो बताएका हुन ।

उनले बिचौलियाका कारण सेवाग्राही जो बास्तविक पिडित भएको बताउदै उनीहरु जस्ताले न्याय पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै बचौलियालाई प्रहरी कार्यालयमा निषेध गर्ने उदघोष गरेका हुन ।

बिना कसैको सहरा नलिई सेवाग्राहीलाई निर्धक्क रुपमा जिल्ला प्रहरी कार्यालयमा आएर आफनो समस्या राख्न आग्रह गरेका छन ।

जसको कोही हुदैन त्यसको प्रहरी हुन्छ भने विस्वास दिलाउने जस्ता काम गर्ने प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए । उनले बारा जिल्लामा शान्ति सुरक्षा, अमन चयन गर्ने काममा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जाहेर गर्दै गरे ।

अपराध नियन्त्रण, हत्या हिंसा बन्द, चोरी पैठारी, लागु औषध नियन्त्रण, ठगी नियन्त्रण, साईवर अपराध, वालविावह, बलात्कार जस्ता जघन्य अपराधलाई पुर्णरुपमा निरुत्साही गर्न लागिपर्ने उपरिक्षक बोगटीको भनाई छ ।

दोहरो मुद्धा दर्ता हुने गरेको प्रशनको जवाफमा प्रहरी उपरिक्षक बोगटीले आफुले कम भन्दा कम मुद्धा दर्ता गर्नेतिर पहल गर्ने बताउदै दर्ता नगर्ने खालका मुद्धाहरुलाई तुरन्तै समाधान गर्नेतिर लाग्ने जानकारी गराएका थिए ।

खुल्ला बोर्डरका कारण अपराधहरु बढी हुने गरेको र अपराधमा भारतीय मोटरसाईकल नै बढी प्रयोग हुने गरेको हुदा त्यसतर्फ सजग र सचेत भई लाग्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

अपराध कुनै हालतमा सहय नहुने बताउदै सभ्य समाजको निर्माणका लागि सबैको सहयोग उतिकै जरुरी रहेको प्रहरी उपरिक्षक बोगटी भनाई छ ।

उनले तस्करीलाई नियन्त्रण गर्नका लागि पनि पहलकदमी गर्ने, पत्रकारहरुलाई सहज रुपमा सुचना प्रवाह गर्नमा कुनै कन्जुसयाई नहुने बताउदै पत्रकारहरुलाई सुरक्षाका प्रदान गर्नेका लागि कटिवद्ध रहेको उपरिक्षक बोगटीको छ ।

२०५८ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका प्रहरी उपरिक्षक बोगटी ३ बर्ष अगाडी मात्र बढुवा भई एसपी भएका थिए ।

गोरखा जिल्ला निवासी प्रहरी उपरिक्षक बोगटी स्याङ्गजामा प्रमुख र प्रहरी प्रधान कार्यालयमा कानुन शाखा प्रमुख भई काम गरिसकेका हुन । सोही शाखाबाट सरुवा भएर प्रहरी उपरिक्षक बोगटी जिल्ला प्रहरी कार्यालय बारामा आएका हुन ।

साझा गर्नुहोस्