स्थानीय तहको निर्वाचन लक्षित वुट क्याम्प तालिम

गढीमाईखवर डट कम
386 पाठक संख्या

कलैया बजारमा अवस्थित रहेको एभरेष्ट लाँजको सभाहलमा चार दिने प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित वुट क्याम्प तालिमको समापन गरिएको छ ।

माण्डवीको सहजीकरणमा र आईएफईएसको प्राविधिक सहयोगमा सो तालिमको आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । सो तालिम फागुन २३ देखि २६ गतसम्म ४ दिन सञ्चालन भएको थियो ।

सो तालिम परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण प्रसाद साहको प्रमुख आतिथ्यतामा तथा माण्डवीका कार्यक्रम अधिकृत राजु कुमार साहको अध्यक्षतामा बिहिवार समापन गरिएको थियो ।

सो तालिम आउने निर्वाचनमा महिला वडा सदस्यहरूको सहभागिता बढाउने तथा तिनिहरूको नेतृत्व क्षमता विकास गर्ने मुख्य लक्ष्यको साथ सो तालिमको आयोजना गरिएको बताइएको थियो ।

सो तालिमको प्रशिक्षकमा निभा सिंह र नेक महम्द हुसेन रहेका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य माण्डवीका सामाजिक परिचालक अनिल साहको रहेको थियो भने सञ्चालन माण्डवीकी प्रशासक सहायक (एडमिन) सुप्रीया चौधरीको रहेको थियो ।

साझा गर्नुहोस्