जीतपुरसिमरामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाण पत्र बितरण

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादब
बारा ०६ जेठ
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले निर्वाचित भएको प्रमाण पत्र आज बितरण भएको छ । उपमहानगरपालिकाको कार्यालय जीतपुरमा निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा बिभिन्न पदमा निर्वाचित जन प्रतिनिधिहरुले प्रमाण पत्र ग्रहण गरेको निर्वाचन अधिकृत टिकामणी नेउपानेले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत नेउपाने र प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेल टिका लगाई उपमहानगरपालिकाको मेयर राजन पौडेल लगायत सम्पुणर् नव निर्वाचित जन प्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाण पत्र बितरण गरेका थिए ।
मेयर पौडेलले आफु उपमहानगरपालिकामा धेरै औपचारिकता पुरा गर्नु भन्दा सुशासन र बिधिको शासन लागु गर्ने बताउँनुभएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकामा निर्वाचित प्रमुख देखि वडा अध्यक्षहरु

प्रमुख ः- राजन पौडेल ( गठबन्धनबाट माओवादी केन्द्र )
उप प्रमुख ः- भोला प्रसाद अधिकारी ( नेकपा एमाले )ः
वडा नं. १ः हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं. २ः धनबहादुर श्रेष्ठ (नेकपा एमाले)
वडा नं. ३ः ताराबहादुर कार्की (नेकपा एमाले)
वडा नं. ४ः भोजबहादुर खत्री (नेकपा माओवादी)
वडा नं. ५ः दिपेन्द्र चौधरी (नेपाली कांग्रेस)
वडा नं. ६ः कैमुदिन अंसारी (नेकपा एमाले)
वडा नं. ७ः सुनील गुप्ता (नेकपा एमाले )
वडा नं. ८ः शिवशंकर कुशवाहा(नेकपा एमाले)
वडा नं. ९ः मोतिलाल यादव (लोसपा)
वडा नं.१०ः संजय पटेल ( नेकप एस)
वडा नं.११ः बिंदालाल साह (नेकपा माओबादी)
वडा नं.१२ः श्यामबाबु खां (नेकपा एमाले)
वडा नं.१३ः हेम नारायण चौधरी (नेकपा एमाले )
वडा नं.१४ः चयन गुरुंग मगर ( नेकपा एमाले)
वडा नं.१५ः राम प्रसाद लामिछाने( नेकपा माओबादी)
वडा नं.१६ः हरिदेव खरेल (नेकपा एमाले)
वडा नं.१७ः भीम लामा (नेकपा एमाले)
वडा नं.१८ः चतुरबाबु वाग्ले (नेपाली कांग्रेस)
वडा नं.१९ः दीपेन्द्र क्षेत्री (नेकपा माओवादी)
वडा नं.२०ः रसुल मिया अंसारी (नेकपा एमाले)
वडा नं.२१ः सुवास श्रेष्ठ (नेकपा एमाले)
वडा नं.२२ः शेखर काजी रुम्बा (नेपाली कांग्रेस)
वडा नं.२३ः मुस्तकिम अंसारी (नेकपा एमाले)
वडा नं.२४ः सुलतान अंसारी (नेपाली कांग्रेस)

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *