हत्या गरी फरार रहेका रोहित मुखिया प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
9 पाठक संख्या

बारा,जिल्ला प्रहरी कार्यालय बाराले हत्या मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

‎ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले बाराको पचरौता नगरपालिका–६ पकडिया स्थित लक्ष्मीनिया पोखरी डिलमा भएको गोली हानी हत्या घटनामा संलग्न रही फरार रहेका भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्ला,भितिहरवा थाना क्षेत्र अन्तर्गत दर्पा ग्राम पंचायत–तिनकोनी निवासी ३० वर्षीय रोहित मुखियालाई पक्राउ गरेको हो।

‎प्रहरीका अनुसार २०८० असोज १० गते साँझ करिब ७:५५ बजे पचरौता नगरपालिका–६ मा अजित कुमार सिंहको गोली हानी हत्या गरिएको घटनामा रोहित मुखिया संलग्न रहेको आरोप छ।

घटना पश्चात फरार रहेका उनलाई विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा २०८३ जेठ २० गते पचरौता नगरपालिका–५ बेल्दारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‎पक्राउ परेका मुखियामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

साझा गर्नुहोस्