एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

गढिमाइ खबर
53 पाठक संख्या

जनकपुरधाम, १५ चैत/

मधेस प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी ले एसइई परीक्षा निष्पक्ष र मर्यादित बनाउन कडाइ गरिने बताउनुभएको छ।

प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पार्दै फेला परे जफत गरी नष्ट गरिने चेतावनी दिनुभयो। उहाँले परीक्षा शान्त र व्यवस्थित बनाउन सबै निकायलाई सक्रिय भूमिका खेल्न निर्देशन दिनुभयो।

परीक्षा अवधिभर सुरक्षा व्यवस्थापन कडा पार्ने, प्रश्नपत्रको गोपनीयता कायम गर्ने, नक्कल नियन्त्रण गर्ने तथा अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। साथै, परीक्षा केन्द्र वरपर निषेधित क्षेत्र कायम गरी कुनै समस्या आए तुरुन्त समाधान गर्ने संयन्त्रसमेत सक्रिय राखिने जनाइएको छ।

साझा गर्नुहोस्