निर्वाचनअघि सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय ‎

गढिमाइ खबर
155 पाठक संख्या

बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित सुरक्षा निकायका प्रमुखहरू तथा भारतका पूर्वी चम्पारण र पश्चिमी चम्पारणका जिल्ला अधिकारी (DM) र सुरक्षा प्रमुखहरूबीच आसन्न प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गर्दै बैठक सम्पन्न भएको छ।

‎बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र सीमा सुरक्षालाई कडाइका साथ प्रभावकारी बनाउने विषयमा सहमति भएको छ। दुवै पक्षले चाँडै नै सघन चेकजाँच सुरु गर्ने, निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडिदेखि सीमा नाकाहरू बन्द गर्ने तथा एक साताअगाडिदेखि नै सुरक्षा सतर्कता बढाउने निर्णय गरेका छन्।

‎यसका साथै अवैध हातहतियार, अवैध मुद्रा, मानव बेचबिखन, अवैध व्यापार, लागूऔषध, विस्फोटक पदार्थ लगायत गैरकानुनी वस्तुको ओसारपसार नियन्त्रण गर्न संयुक्त प्रयास गर्ने सहमति भएको छ। सिर्सिया नदीको प्रदूषण नियन्त्रणका विषयमा पनि दुवै पक्षले मिलेर काम गर्ने निर्णय गरेका छन्।

‎उक्त बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

साझा गर्नुहोस्