सडक दुर्घटनामा दुईको मृत्यु, एक जना गम्भीर

गढिमाइ खबर
189 पाठक संख्या

कलैया : बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ पानी ट्याङकी नजिक भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

वीरगंज पथलैया सडक खण्डमा आईतबार दिउसो दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाए।

मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहटको गुजरा गाउँपालिका ७ परसवा बस्ने २५ वर्षीय रोशन चौधरी र अर्का मोटरसाईकल चालक सप्तरी बसवलपुर नगरपालिका ७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका हुन्। दुर्घटनामा परी गम्भीर घाईते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। चौधरीको टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेको थियो।

पण्डितको उपचारको क्रममा एल.एस. न्युरो अस्पताल परवानिपुरमा मृत्यु भएको हो । उनको टाउको र खुटृामा गम्भीर चोट लागेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहटको गुजरा गाउँपालिका ७ परसवा बस्ने ३४ वर्षीय भुपेन्द्र चौधरीको एल.एस. न्युरो अस्पताल परवानिपुरमा उपचार भईरहेको छ।

सिमराबाट पथलैया तर्फ जादै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाईकल र विपरित दिशा तर्फ बाट आउदै गरेको बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाईकल . एक आपसमा ठोक्कएको हो। रोशन बा ९० प ६७९४ नम्बरको मोटरसाईकलका चालक हुन्। भुपेन्द्र सोही मोटरसाईकलमा सवार रहेका थिए।

पण्डित बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाईकलका चालक हुन्। दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ।

साझा गर्नुहोस्