प्रदेश मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायलाई ६ महिना कैद तथा एक लाख भन्दा बढि जरिवाना

गढिमाइ खबर
231 पाठक संख्या

कलैया : मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्यायलाई विशेष अदालतले छ महिना कैद र दण्ड जरिवाना गरेको छ । अदालतले भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो ।

उपाध्यायलाई प्रदेश सरकारले काउन्सिलको अध्यक्षमा नियुक्त गरेकै दोस्रो दिनमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय सहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनी विरुद्ध गत वैशाख ९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर,सदस्य एवम् न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले आईतवार उक्त मुद्दामा सुनुवाई गर्दै दोषी ठहर गरेको हो ।

विशेषले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ । उपाध्यायले बाराको पचरौता नगरपालिकाको दुई वटा ठेक्काको टेन्डर सूचना राष्ट्रिय स्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएका थिए। उनले बिल भरपाई बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेको भन्दै आयोगले अदालतमा मुद्दा दायर गरेको थियो ।

नियुक्त भएको २ दिनमा नै आयोगले उनी बिरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएपछि उनी स्वतः निलम्बनमा परेका थिए । नगरपालिकासँगको मिलोमतोमा उनले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेका थिए । यसैगरी विशेष अदालतले उपाध्यायको कम्पनी केएस मल्टीपरपोज प्रालीलाई १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गर्ने निणर्य गरेको छ

कारवाहीमा परेका उपाध्यय नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव हुन । उनी बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादक समेत छन ।

उपाध्यय सहित सोही मुद्दामा संलग्नता देखिएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गराउने विशेष अदालतले फैसला गरेको छ ।

अदालतले भने नगरपालिकाका लेखापाल हासिम मिया अन्सारील सफाई दिएको छ । प्रमुख प्रशासकीय अधिकृतको आदेश अनुसार भुक्तानी मात्रै दिएको देखिएकोले उनी विरुद्ध ठोस एवम् वस्तुनिष्ट प्रमाणबाट दोषी पुष्टि नभएपछि उनलाई विशेष अदालतले सफाई दिएको फैसलामा उल्लेख छ ।

साझा गर्नुहोस्