प्रणामी व्यवसायी संघ बाराको अध्यक्षमा उप्रेती

गढिमाइ खबर
77 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : “हामी सबैको कामना,सफल व्यवसायी बन्ने चाहना“ भन्ने मुल नाराका साथ प्रणामी व्यवसायी संघ नेपाल बारा जिल्ला समितिको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवा श्रीकृष्ण प्रणामी सत्संघमा सम्पन्न उक्त अधिवेशनको प्रणामी व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेले उद्घाटन गर्नुभएको थियो ।

जिल्ला अध्यक्ष जुगलकिशोर लामिछानेको उध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले,केन्द्रीय सचिव देवीप्रसाद अधिकारी,श्रीकृष्ण प्रणामी सेवा समिति बारा,पर्साका अध्यक्ष अर्जुन प्रसाद घिमिरे लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

दोस्रो अधिवेशनबाट संघको जिल्ला अध्यक्षमा होमनाथ उप्रेती सर्वसहमतीबाट चयन भएका छन् । सो अधिवेशनबाट उपाध्यक्षमा इश्वर श्रेष्ठ र पन्नालाल कुशवाहा पनि चयन भएका हुन् ।

त्यस्तै सचिवमा श्याम अगस्ती,सहसचिवमा सन्तोष पाण्डे र कोषाध्यक्षमा रामप्रसाद हुमागाई सहकोषाध्यक्ष मनिष चौलागाईं पनि सर्वसहमतीबाट चयन भएका छन् ।

त्यसैगरी सदस्यमा विकास सापकोटा,नवराज न्यौपाने,बिनोद कुमार कार्की र चेतनाथ खरेल चयन भएका हुन् ।

साझा गर्नुहोस्