स्तर बृद्धि गर्न माग गर्दे कर्मचारीद्धारा अनिश्चितकालिन धर्ना

गढिमाइ खबर
98 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

बारा : स्तर तथा तह वृद्धि गर्न ढिलासुस्ती भएको भन्दै बाराको जितपुर सिमरा उपमहानगरपालिकाका कर्मचारीहरुले अनिश्चितकालिन धर्ना दिएका छन।

स्तर बृद्धिको माग गर्दै कार्यालयका २९ जना सहायक पाँचौ र एक जना अधिकृत नवौँ तहका गरि ३० जना कर्मचारीहरुले पुष १९ गते देखि कार्यालयको मूल गेटमा अनिश्चित कालिन धर्नामा बसेका हुन्।

स्तर तथा तह वृद्धि गर्नका लागि कर्मचारीहरुले नगर प्रमुख र उप–प्रमुख समक्ष ज्ञापन पत्र ज्ञापन पत्र समेत बुझाएका थिए ।प्रदेशभरिका स्थानीय तहका निम्ति स्थानीय सेवा(गठन तथा सञ्चालन) ऐन–२०८१ जारि गरेको थियो।

उक्त ऐनको दफा २९ उपदफा १ बमोजिम योग्यता पुगेका कर्मचारीहरुलाई स्थानीय तहले निर्णय गरी एक तह वृद्धि गर्ने प्रावधान रहेको छ। जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले तह वृद्धि सम्बन्धी नीति नियम बनाउन ढिलासुस्ती गर्ने गरेको र कर्मचारीहरुलाई तह वृद्धी गर्दिन्न,ढिलो गर्दिन्छु तपाईँहरु जे मन लाग्छ त्यहि गर्नु जस्ता धम्कीपूर्ण व्यवहार गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रदेशको ऐन अनुसार हरेक वर्षको पुष र असार महिनामा स्थानीय तहले एक महिना अगाडी सूचना निकाली आफ्ना कर्मचारीको तह वृद्धि गर्ने प्रावधान रहेको छ। सोहि बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले गत कार्तिक ३० गतेतह वृद्धिका लागि आवेदन माग गरी सार्वजनिक सूचना आफ्नो वेभसाईटमा प्रकाशित गरेको थियो।

उक्त सूचना अनुसार आपूmहरुले नगरपालिकामा आवेदन दिएको तर पुष महिना बित्न लाग्दा समेत आफुहरुको तहवृद्धि सम्बन्धि कुनैचासो पालिकाले नदेखाएको गुनासो कर्मचारीहरुको रहेको छ ।

प्रदेशका अधिकांश पालिकाले कर्मचारीहरुको तह वृद्धि गर्दा जीतपुरसिमराले हालसम्म पनि सो सम्बन्धी आवश्यक नीति निर्माण गर्न सकेको छैन। जस्का कारण त्यहाँका कर्मचारीहरु प्रदेशका अन्य पालिकाका समान तह र योग्यताका कर्मचारीभन्दा पछि पर्नुपरेको हुँदा पालिकाले आफ्नो वृत्ति विकासमा पालिकाले ठुलै प्रहार गरेको उनीहरुको भनाई रहेको छ ।

साझा गर्नुहोस्