पञ्चबर्षिय गढीमाई मेलाको लागि नौ वटा उप समितिहरु निर्माण

गढिमाइ खबर
239 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बाराको महागढीमाई नगरपालिकाको बरियारमा रहेको पञ्चबर्षिय गढीमाई मेलाको लागि नौ वटा उप समितिहरु बनाइएको छ । मेलाको ब्यावस्थापनको लागि गढीमाई पञ्चवर्षिय मेला संचालन तथा व्यवस्थापन मुल समितिको बैठकले बिभिन्न नौ वटा उप समितिहरु बनाएको हो ।

समितिको आज बसेको बैठकले मेलाको प्रचार प्रसार व्यवस्थापन उप समितीको सँयोजकमा रेशम तिवारी तोकेको छ । जग्गा ब्यावस्थापन उपसमितिको सँयोजकमा जतिकर हुसेन चुरिहार,खानेपानी व्यवस्थापन समितिको सँयोजकमा विश्वनाथ प्रसाद कुशवाहा, टेन्ट व्यवस्थापनमा चन्दन कुमार साह र मनोरंजन व्यवस्थापनमा व्यवस्थापनमा गजेन्द्र जैसवाललाई सँयोजकको जिम्मेवारी दिएको छ ।

यस्तै विधुत व्यवस्थापन उप समितीको सँयोजकमा प्रभु प्रसाद, पार्किङ्ग व्यवस्थापन उप समितीमा उपेन्द्र प्रसाद जैसवाल, बली व्यवस्थापन उप समिती विपत व्यवस्थापन उप समितीमा प्रेम प्रसाद साह र विपत व्यवस्थापन उप समितीको सँयोजजकको जिम्मेवारी रामजन्म प्रसाद यादवलाई दिइएको गढीमाई पञ्चवर्षिय मेला संचालन तथा व्यवस्थापन मुल समितीका अध्यक्ष उपेन्द्र प्रसाद यादवले जानकारी दिए ।

हरेक पाँच बर्षमा बरियारपुरस्थित गढीमाई मन्दिरमा मेला लाग्दै आएको छ । यसपालि अगामी मँसिर १ गतेबाट मेला लाग्न गईरहेको छ ।मेलाको तयारी र ब्यावस्थापनको लागि मुल समितिले तयारी गरिरहेको छ ।

साझा गर्नुहोस्