जुअवामा दलित आवास भवनको नगर प्रमुख चौधरीद्वारा गरियो शिलान्यास

गढिमाइ खबर
196 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कोल्हवी : कोल्हबी नगरपालिका वार्ड नम्बर ३ जुअवामा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले दलित आवास भवनको शिलान्यास गरेका छन्।

वैदिक मन्त्र विच नगर प्रमुख चौधरीले सोमबार सो भवनको शिलान्यास गरेका हुन्। कोल्हवी नगरपालिकाको प्रत्येक वडामा तीन तीन वटा गरी यो बर्ष ३३ वटा दलित आवास भवन निर्माण हुने कोल्हबी नगरपालिकाका इन्जिनियर गणेश चौधरीले जानकारी दिएका छन् ।

एउटा भवन निर्माणका लागी कुल बजेट छ लाख छ हजार रहेको छ। उक्त शिलान्यास कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपमेयर लक्ष्मीकुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलको विशेष उपस्थिति रहेको हो।

सो कार्यक्रममा वार्ड नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,वडा सदस्य रामदयाल चौधरी,महिला सदस्य सुर्यज्योति चौधरी,दलित महिला सदस्य मन्जु राम,समाजसेवीहरु ज्यमंगल चौधरी,मुनिकान्त चौधरी,सिहंतर चौधरी,शान्ति वृद्धा फाउन्डेसन कोल्हबीका अध्यक्ष प्रेमनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

दलित आवास भवन निर्माण हुने भएपछि कोल्हवीका दलित समुदायका व्यक्तिहरु हर्षित रहेका छन्।

साझा गर्नुहोस्