काठसहित दुई जना मानिस पक्राउ

गढिमाइ खबर
324 पाठक संख्या

डिभिजन बन कार्यालय पर्साले दुई जनासहित ५.८७ क्युफिट सालको काठ बरामद गरेको छ ।

पर्सागढी नगरपालिका वडा नं.४ बन क्षेत्रबाट ३ क्युफिट काठको गोलिया सहित एक जना मानिस पक्राउ परेका हुन्।

वनबाट काठको गोलिया साईकलमा लिएर आईरहेकै अवस्थामा प्रशुरामपुर घर भएका १८ बर्षिय शमिम देवानलाई बन गस्ती टोलीले पक्राउ गरेको लाई पक्राउँ गरिएको सबैया सब डिभिजन बन कार्यालयका रेञ्जर भुपाल रोकायाले जानकारी दिए ।

गस्ती टोलीलाई देखेर देवान भाग्न खोज्दा घेरा हालेर पक्राउ गरेको थियो ।त्यस्तै मनवा सब डिभिजन बन कार्यालयको टोलीले एक जना महिला सहित २.८७ क्युफिट काठ बरामद गरेको छ ।

टाउँकोमा काठको गोलिया बोकेर लैजादै गरेको अवस्थामा सखुवा प्रसौनी गाउँपालिका वडा नं.२ बस्ने मालती भनिने सुस्मिता देबी थरुनीलाई पक्राउँ गरिएको रेञ्जर कपिलदेव प्रसाद यादबले जानकारी दिए । दुई जना महिला टाउँकोमा काठको गोलिया लिएर आईरहेको अवस्थामा बन गस्तीलाई देखेर भागेका थिए ।

भाग्ने क्रममा मालती पक्राउ परेको तर एक जना भाग्न सफल भएको रेञ्जर यादबले बताए । बनमा दुई वटा रुख ढालेर उनीहरुले टाउँकोमा राखि ढुवानी गरिरहेको बन गस्ती टोलीले जनाएको छ। जङ्गलमा रुखका दुईवटा ठुँटाहरु भेटिएका थिए ।

बरामद काठ र मानिसलाई नियन्त्रणमा राखि अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

साझा गर्नुहोस्