निजगढमा श्रीमानले गरे धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

गढिमाइ खबर
245 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : निजगढमा धारिलो हतियार खुर्पा प्रहारबाट श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ९ भमरा टोल बस्ने अन्दाजी ४५ वर्षीय बिमल कुमार बस्नेतले घरायसी वाद बिवादको कारण आफ्नै श्रीमती अन्दाजी ४० वर्षीय लक्ष्मी राईको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

श्रीमान बिमलले श्रीमती लक्ष्मिलाई खुर्पाले दुबै हात,खुट्टा र घाटी तथा शरीरको विभिन्न भागमा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

खुर्पा प्रहारबाट घाईते श्रीमति लक्ष्मिको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको थियोे भने उनको शव पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उक्त घटनामा झगडा छुटाउन जाने क्रममा छोरीहरु अन्दाजी वर्ष १८ की गंगा राईको बाया हाथमा काटेको अवस्था गम्भिर रहेको र अन्दाजी वर्ष १५ की जमुना राईको बाया हातमा काटेको अवस्था सामान्य रहेको छ ।

उनिहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा सामान्य उपचार पश्चात थप उपचारको लागी नेशनल मेडिकल क्लेज बिरगजमा पठाईएको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।

३/४ दिन देखी वाई–फाईको रिचार्ज सकेपछि श्रीमतीले रिचार्ज गर्न बिमललाई भन्दा सो बिवाद भएको प्रहरीले प्रारम्भिक अनुसन्धानले बताएका प्रबक्ता सापकोटाले बताएका छन् ।

साझा गर्नुहोस्