धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा कलैयामा सम्पन्न

गढिमाइ खबर
पढ्न लाग्न समय 4 मिनेट

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा कलैयामा सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैया बजार अवस्थित सिटी मार्केटमा रहेको कार्यालयको सभाहलमा संस्थाको वार्षिक साधारण सभा शनिबार एक कार्यक्रम विच सम्पन्न भएको हो ।

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश राय यादवले पानसमा बत्ती बाली सभाको उद्घाटन गर्नु भएका थिए ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले पाँच करोड भन्दा माथि पूँजी भएको सहकारी संस्थाहरुले मात्र कर्पसमा सहभागी हुन सक्ने बताए । ऋण माफ गराउने दुर्गा प्रसाईं जस्ता कति आए सहकारी संस्थाहरुले लगानी गरेका ऋण माफ हुँदैन उनले भने ।

समय अवधी भित्र आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए ।

संस्थाका अध्यक्ष राजेशराय यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

सो अवसरमा संस्थाका अध्यक्ष यादवले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।२०६५ कार्तिक ६ गते संस्था दर्ता भई कार्तिक ९ गते देखी विधिवत रुपमा संचालनमा आएको हो ।

संस्था १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ। संस्थाले आर्थिक वर्ष २०७९÷०८० असाढ़ मसान्त सम्ममा कुल व्याज आम्दानी एक करोड ६३ लाख ८६ हजार आठ सय ७१ रुपैया,अन्य आम्दानी पाँच लाख ७७ हजार दुई सय ११ रुपैया ४० पैसा गरी कूल आम्दानी एक करोड ६९ लाख ६४ हजार ८२ रुपैया ४० पैसा आर्जन गरेको छ ।

संस्थाले आर्थिक वर्षको अन्त सम्ममा नौ करोड ५० लाख ९२ हजार ७ सय ५९ रुपैया ४८ पैसा ऋण लगानी गरेको छ । संस्थाले कूल ६ करोड १८ लाख ९४ हजार ७ सय ५० रुपैया १८ पैसा निक्षेप संकलन गरेको छ ।

यस आर्थिक वर्षको अन्तमा ४१४ महिला र १२०९ पुरुष गरी कूल १६२३ शेयर सदस्य संख्या पुगेको छ ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंक कलैया शाखाका श्याम न्यौपाने, जनसरोकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मुनेन्द्र शर्मा र द सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका राकेश पाण्डे लगायतकाले सम्बोधन गरेका थिए ।

श्री भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिपकुमार साहले सहकारी संस्थाहरुले सामाजिक क्रियाकलापमा बढी ध्यान दिनुपर्ने आग्रह गरेका छन् ।

संस्थाले आर्थिक वर्ष २०७९÷८० मा उत्कृष्ट बचत कर्ता र नियमित रुपमा ऋणको कारोवार गर्ने गोपाल दास, प्रकाश कादम्बिया,सुरेश प्रसाद साह,ओमबहादुर थापा,राजा हुसेन,चन्देश्वर साह सोनार र किशोरी प्रसाद यादवलाई साधारणसभाको अवसरमा सम्मानपत्रद्रारा सम्मान गरेको थियोे ।
उक्त कार्यक्रममा महालक्ष्मी विकास बैंक कलैया शाखाका प्रतिनिधि सविन सिग्देल,धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक संजय कुमार खेतान,श्री जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि रबिन्द्र प्रसाद यादव,समाजसेवी तेजनारायण प्रसाद साह कलवार,माधव यादव,मुस्ताक अन्सारी,भोला सर्राफ,सहकारी संस्थाका शेयर सदस्य, समाजसेवी,बुद्धिजीवी तथा संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

संस्थाको यस वर्षको कूल सम्पति ११ करोड ९२ लाख ४५ हजार दुई सय ५० रुपैयाँ ८५ पैसा रहेको छ । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राजकुमार साहले गरे । सो कार्यक्रमको सन्चालन संस्थाका सचिव निवेशकुमार तिमिल्सिनाले गरेका थिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *