रुसले ब्याजदर बढाएर १५ प्रतिशत पुयार्यो

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 57
पढ्न लाग्ने समय : 1 मि.

बढ्दो मुद्रास्फीतिको दबाब बीच रुसको केन्द्रीय बैंकले शुक्रबार प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ ।

हालै मुद्रास्फीतिको दबाब केन्द्रीय बैंकको अपेक्षाभन्दा अत्यधिक बढेको बैंक अफ रसियाले जनाएको छ । व्याजदर बढेपछि पनि मुद्रास्फीति बढ्ने अपेक्षा गरिएको छ । बैंकले सन् २०२३ का लागि आफ्नो मुद्रास्फीति प्रक्षेपण अघिल्लो ६–७ प्रतिशतबाट ७–७.५ प्रतिशतमा बढाएको छ । त्यसैगरी सन् २०२४ का लागि ४–४.५ प्रतिशतमा प्रक्षेपण समायोजन गरेको छ ।

बैंकले सन् २०२४ को लक्ष्य चार प्रतिशतबाट मुद्रास्फीति विचलनलाई सीमित गर्न मौद्रिक नीतिलाई थप कडाइ गर्ने पनि जनाएको छ । बैंक अफ रसियाले सेप्टेम्बरमा प्रमुख ब्याज दर १२ बाट १३ प्रतिशतमा पुर्याएको थियो । (रासस÷सिन्ह्वा)

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।