चीनमा आइतबार स्वदेशमै कोभिड १९ का संक्रमित भेटिएनन्

गढिमाइ खबर
465 पाठक संख्या

चीनमा हिजो आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् ।

चीनको नेसनल हेल्थ कमिनसनले आइतबार चीनमा १५ जनामा कोभिड १९ को संक्रमण त भेटिएको छ तर पनि उनीहरु चीनभित्र नै संक्रमित भएका भने नपाइएको बताएको हो । ती १५ जना संक्रमित चीन बाहिरबाट आएको बताइएको पनि सो समाचारमा जनाइएको थियो ।

बेइजिङमा आइतबार १५ जना नयाँ संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएको थियो । त्यसैगरी आइतबार कोभिडबाट मृत्यु भएको समाचार पनि नरहेको सो कमिसनले जनाएको छ ।  (रासस– सिन्ह्वा)

साझा गर्नुहोस्