नेपाल तरुण दलको ७१ औँ स्थापना दिवसको अवसरमा बिचार गोष्ठी तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 200
पढ्न लाग्ने समय : 1 मि.

अनिल कुमार साह/

हरेक वर्ष झैं यस वर्ष पनि नेपाल तरुण दलले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ।

सो अन्तर्गत आज परेको नेपाल तरुण दलको ७१ औँ स्थापना दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस बाराको भवनमा विचार गोष्ठी गरिएको थियो।

तत्पश्चात दलले कलैयामा रहेको  प्रादेशिक अस्पताल कलैयाका विरामीहरूलाई फलफूल वितरण गरेको छ ।

आपतकालीन,आईसीयू,गर्भवती महिला कक्ष गरी ५० जना जना बिरामीहरूलाई स्याउ,फ्रुटी,पाउरोटी र अण्डा लगायतका खाधान्न सामग्रीहरू वितरण गरिएको थियोे ।

सो फलफूल वितरण तथा बिचार गोष्ठी तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेका बाराका सभापति राजेश राय यादव रहनु भएका थिए ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री कलावती पासवान,बारा २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव,नेपाली काँग्रेस बारा क्षेत्र नं ४ ख को सभापति लोकेश सिंह,नेपाल शिक्षक संघ बाराका सभापति राजकिशोर सहनी तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता ,कलैया अस्पतालका डा.मनोज यादव र नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरी लगायतको सहभागिता रहेको थियो।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।