बाराको परवानीपुर गाउँपालिकाले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 152
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादब/

 

बाराको परवानीपुर गाउँपालिकाले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको छ ।

एउटा सूचना जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले गाउँ कार्यपालिकाको कार्यालयको राष्ट्रिय परिचयपत्र, प्रशासन, योजना, पञ्जीकरण दर्ता चलानी शाखा र वडा नम्बर १ देखि ५ सम्मका कार्यालयहरू दुई सिफ्टमा सञ्चालन हुने जनाएका छन् ।

यस्तो गर्दा दिउँसो अफिसमा काम गर्नेहरूलाई धेरै सहज भएको छ,’ प्रमुख प्रशासकिय अधिकृत रौनियार भने, ‘सेवाग्राहीहरूको सबै काम पनि हुन्छ र उहाँहरूलाई आफ्नो अफिसबाट छुट्टै पनि लिनुपर्दैन ।

दुई सिफ्टको सेवा दैनिक ज्यालादारी, मजदुरी र उद्योगमा कामदारका रूपमा काम गर्नेहरूलाई पनि फलदायी भएको उनको दाबी छ ।

यसरी उहाँहरू बिहान कार्यालयमा सेवा लिएर दिउँसो आफ्नो काममा जान सक्ने उनको भनाई छ । ‘यसरी गर्दा सेवाग्राहीको चाँप पनि घटेको छ,’ उनले भने ।कार्यालयले असोज १८ गतेदेखि हप्ताको २ दिन आइतबार र सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म र १० बजे देखि ५ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन हुने रौनियारले जानकारी दिए ।

दिउँसोको समयमा अन्यत्र काम गर्ने सेवाग्राहीहरूलाई छुट्टी लिएर आउनुपर्ने बाध्यता अन्त्य गर्दै दुई दिनका लागि भए पनि दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न थालिएको रौनियारले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।