पथलैयाबाट करिब ढेड करोड मुल्य बराबरको भन्सार छलीको मालसमान सहित ट्रक नियन्त्रणमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 140
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादब/

बारा प्रहरीले बुधबार राती पथलैयाबाट करिब ढेड करोड मुल्य बराबरको भन्सार छलीको मालसमान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.०१ पथलैयामा चेकजाँचको क्रममा भन्सार छलीको मालसमान सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

विरगंजबाट भैरहवातर्फ जाँदैँ गरेको ना ६ ख ३८२८ नं.को ट्रकमा ४९ लाख ८२ हजारको मालसमान र विरगंजबाट काठमाडौंतर्फ जादै गरेको ना.८.ख.४८४२ नं.को ट्रकमा ९२ लाख १९ हजारको सामानहरु भेटिएको थियो ।

मालसमान सहित ट्रकलाई नियन्त्रणमा राखि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।