रञ्जन यादव/
साना किसान कृषि सहकारी संस्था लिमिटेड ,सिमराको नवौं साधारणसभा तथा तेस्रो अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन पुर्ब मन्त्री तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान)ले गनुभएको थियो ।
कार्यक्रममा बोल्दै पुर्बमन्त्री श्रेष्ठले आफुले यसै संस्थाको आठौं साधारणसभामा सहयोग गर्ने बाचा गरेको हुदा यस वर्ष संस्थाको भवन निर्माणका लागि आफुले पहल गरेर प्रदेश सरकार र संघबाट ६५ लाख रकम उपलब्ध गराएको बताउँनुभयो । उहाले आगमी दिनमा पनि आफुले सक्दो सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष कमला कुमारी रिमालले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले यस बर्ष संस्थाले शेयर सदस्यहरुलाई १४ प्रतिशत लाभाँस बितरण गर्ने जानकारी दिनुभयो ।
२०७३ साल असार ३१ गते ४३ जना शेयर सदस्यको माध्यमबाट स्थापना भएको साना किसान कृषि सहकारी संस्थामा हालमा १८०५ जना शेयर सदस्य रहेका छन् ।
सहकारीले गत आर्थिक बर्षको कारोबारमा ७३ लाख ४७ हजार रुपैया नाफा आर्जन गर्न सफल भएको संस्थाका अध्यक्ष रिमालले बताउँनुभयो ।
संस्थाले चालु आर्थिक बर्षमा ऋण बिमा योजना ,२ वटा बच्चा सम्म पाउँने सुत्केरी महिला सदस्यलाई रु १ हजार र रु१०० मा बच्चाको खाता खोल्ने ,पेन्सन योजना ,सदस्य सुरक्षा बालबचत ,श्रीमानश्रीमती बचत र बैदेशिक रोजगारी र अध्ययनमा लगानी लगायतका योजनाहरु ल्याएको अध्यक्ष रिमालले प्रगती प्रतिबेदनमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष पुनम देबी महत्तोले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव श्यामा सापकोटाले संस्थाको सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संबिधानसभा सदस्य जयप्रकाश यादव, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, महिला नेत्री निरूरायमाझि लगायतको उपस्थिति रहेको थियो । ्
त्यस्तै साना किसान कृषि सहकारी संस्था लिमिटेड ,सिमराका तेस्रो अधिवेशनबाट पुनः कमला रिमाल अधिकारीको अध्यक्षतामा सर्वसम्मतरूपमा कार्यसमिती चयन भएको छ ।
संस्थाको तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मि बस्नेत, उपाध्यक्षमा श्यामा साप्कोटा, सचिवमा मिरा पुरी, कोषाध्यक्षमा पुनम देवि महतो, सदस्यमा ज्योति देवि, लक्ष्मी पाण्डे, केसप थापा, अर्बिन्द साह, सुमित्रा ढकाल, ईन्दिरा दहाल, पार्वती फुजेल,र कोपिला लामिछाने सर्वसम्मतरूपमा चयन हुनुभएको निर्वाचन अधिकृत राम प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।