सँगालो साकोसका १२ औँ बार्षिक सधारण सभा सम्पन्न

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 220
पढ्न लाग्ने समय : 2 मि.

सँगालो बचत तथा ऋण सहकारी संस्था सिमराको १२ औँ बार्षिक सधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सतेन्द्र ठाकुरले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सहकारीहरु समुदाय मैत्री हुनुपर्ने बताए ।

सहकारीहरु समाजकै बीच स्थापना र समाजका सदस्यहरुद्धारा सञ्चालन हुने भएकाले यो समुदायको बिकासमा अनिवार्य रुपमा काम गर्नुपर्ने धारणा राख्नुभयो । संस्थाले फजुल खर्चमा गरेको कटौतीको प्रसंसा गर्दै अगामी दिनमा पनि प्रयोग हुने र अति आवश्यक बस्तु मात्र खरिद गर्न अनुरोध गर्नुभयो ।

बि.स.२०६९ साल जेठ १४ गते २६ जना सदस्यहरु मिलेर स्थापना भएको संस्थामा हालमा ३ सय ६६ जना शेयर सदस्यहरु रहेका छन् । कुल चुक्ता पुँजी रु १ करोड ९० लाख भन्दा बढी परिचालन गर्दै सँगालो बचत तथा ऋण सहकारी संस्थाले करिब ११ करोड ६५ लाखको सम्पत्ती निर्माण गर्न सफल भएको संस्थाका अध्यक्ष सालिकराम अधिकारीले जानकारी दिनुभयो ।

संस्थाले आर्थिक बर्ष २०७९।८० मा रु ५५ लाख २५ हजार रुपैया नाफा आर्जन गरेको छ । सँगालो बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष निराजन थापाले संस्थाको कोषहरुको अवस्था र आर्थिक स्थितीको बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन रत्न उप्रेतीले गर्नुभएको थियो ।

संस्थाको अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर कार्की , जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी शाखा अधिकृत सुधन चौधरी ,राष्ट्रिय सहकारी बैक सिमरा शाखा प्रमुख सुरेश लागे लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य नेत्र प्रसाद दाहालले राख्नुभएको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।