रञ्जन यादव/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १४ रजघट्टामा रहेको जनता माध्यामिक विद्यालय कृषि प्राविधिक शिक्षालयले शुक्रवार २० औँ राष्ट्रिय धान दिवस मनाएको छ ।
सो अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले धानलाई बढी सिचाइ चाहिने हुनाले यसपालीको वजेटमा नगरले कृषि सिचाइलाई बढी जोड दिएको बताएका छन उहाँले कृषि विद्युतीकरणमा धेरै बजेट विनियोजन गरेको साथै युवालाई रोजगारी दिनपनि कृषिमा बजेट विनियोजन गर्न जरुरी रहेको उहाँले जिकिर गर्नुभयो ।
धान दिवसकै अवसर पारेर जनता माध्यामिक विद्यालय कृषि प्राविधिक शिक्षालयले विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति लगायतलाई प्रशंसापत्र वितरण गरेको थियो ।
कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद लगायतको उपस्थिति रहेको थियो ।
कृषिमा आत्मनिर्भर हुन् र किसानको मनोबल उच्च राख्न सरकारले २०६१ मंसिरमा निर्णय गरी २०६२ सालदेखि नेपालमा धान दिवस मनाउन थालेको हो ।