महागढीमाई नगरपालिकाको ६६ करोड ७४ लाख १९ हजारको बजेट सर्वजनिक

गढिमाइ खबर
127 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

श्यामबाबु यादव/
महागढीमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६६ करोड ७४ लाख १९ हजार रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले शुक्रवार सातौं नगर सभाको अधिवेशनमा आर्थिक वर्ष २०७९/०८० को नीतिको समीक्षासंगै आर्थिक वर्ष २०८०/०८१ को लागि नीति,कार्यक्रम तथा अनुमानित आय बजेट प्रस्तुत गरेका हुन ।

कुल बजेट मध्ये संघिय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १४ करोड ४६ लाख,संघिय राजश्व वाडफाड रकम रु ११ करोड ३२ लाख ९६ हजार,संघिय सशर्त अनुदान चालु रकम रु २७ करोड २१ लाख,संघिय सशर्त अनुदान पुजिगत रकम रु १ करोड २५ लाख,संघिय सम्पुरक अनुदान रकम रु २ करोड,संघिय विशेष सशर्त अनुदान रकम रु १ करोड ५० लाख,मधेश प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १ करोड ९ लाख २३ हजार,प्रदेश राजश्व बाडफाडबाट रु ४० लाख,प्रदेश विशेष अनुदान ३० लाख,प्रदेश सम्पुरक अनुदान २० लाख र नगरपालिकाको आन्तरिक श्रोत रु ७ करोड बजेटको अनुमानित आय बजेट प्रस्तुत गरिएको हो ।

यसैगरी शिक्षा क्षेत्रको विकास गर्नको लागि रु.२ करोड ६० लाख, स्वास्थ्य क्षेत्रमा कार्यक्रम संचालन गर्न रु.१ करोड २५ लाख,संस्कृति,सम्पदा तथा पर्यटन क्षेत्रको विकासको लागि रु.३५ लाख,फोहर व्यबस्थापन तथा प्रदुषण नियन्त्रण कार्यक्रम तर्फ रु २५ लाख,कानुन तथा न्यायिक समिति तर्फ रु १० लाख,कृषित तर्फको कार्यक्रम तथा शित भण्डारण निर्माणको लागि रु २ करोड १० लाख, पशु स्वास्थ्य कार्यक्रम तर्फ रु २० लाख विनियोजन गरेको छ ।

त्यसैगरी सामाजिक विकास तर्फ रु ३५ लाख,खेलकुदको विकास तर्फ रु.१० लाख,विपद् व्यवस्थापनमा रु ३५ लाख,लैङ्खिक समानता तथा सामाजिक समावेशिकारण कार्यक्रम तर्फ रु २५ लाख,खानेपानी तथा सरसफाई तर्फ रु २५ लाख र सिंचाई कार्यक्रम तर्फ रु १ करोडको बजेट विनियोजन गरेको छ ।

साझा गर्नुहोस्