नक्कली भुटानी शरणार्थी बनाएर अन्य देशमा पठाउने कार्य अत्यन्तै निन्दनीय – नेपाल

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 404
पढ्न लाग्ने समय : 1 मि.

राम मण्डल/
आफनै देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अन्य देशमा पठाउने कार्य अत्यन्तै निन्दनीय भएको नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालले बताएका छन ।

वीरगञ्जको होटेल मकालुमा सोमबार पत्रकार सम्मेलन गरेर उनले भुटानी शणार्थी प्रकरणमा गठबन्धन सरकारले चालेको कदमको सराहना गर्दै नेपालले अन्तिम समयसम्म सरकारले खुटा कमाउन नहुने बताए ।

भुटानी शरणार्थी प्रकरण मात्रै नभई अन्य कुनै पनि भ्रष्टाचारका प्रकरणमा सरकारले आवश्यक कारवाही अघि बढाउनुपर्ने बताए ।

नक्कली शरणार्थी प्रकरणमा भएको भ्रष्टाचार प्रकरण, भ्रष्टाचार मात्रै नभई राष्ट्रद्रोही कार्य भएको पनि उनको भनाई थियो ।

नेता नेपालले निर्दोष ब्यक्तिलाई फसाउन नहुने तर दोषी पनि छुटन नहुने जिकिर गरे ।

देशलाई अगाडि बढाउनको लागि सबैले अत्मसमिक्षा गर्ने बेला आएको बताउदै अत्म समिक्षा गरेर बिकासको गति अघि बढाउनुपर्ने उनले बताए ।

अहिले पनि छुवाछुतको दलितलाई हेला गर्ने प्रबृति समाजमा रहेकोले सबैले मिलेर यसलाई निर्मुल पार्नुपर्ने बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।