रन्जन यादव/
डिभिजन बन कार्यालयले बाराको कोल्हबी नगरपालिकाको वडा नम्बर ५ स्थित रामबनको ७ हेक्टर क्षेत्रफलको जग्गामा बृक्षारोपण गर्ने भएको छ ।
जिल्ला बन सुरक्षा समितिका अध्यक्ष तथा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतमा डिभिजन बन कार्यालय सिमराको सभा हलमा शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
वैठकमा डिभिजन बन अधिकृत बिनोद सिँहले दुई बर्ष अगाडि रामबन क्षेत्रको ५.३ हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरिएको तर केही ब्यक्तिहरुले जग्गा हड्प्ने मनसायले उक्त क्षेत्रमा लगाएको बिरुवा मासेको बताएका छन । उक्त क्षेत्रमा तारबार सहित बृक्षारोपण गर्न काँडे तार र पोल झारिसकिएको अधिकृत सिंहले बताए ।
पानी पर्ने बेला असार सम्ममा बृक्षारोपण गरिसक्ने लक्ष्य रहेको सिंहको भनाई छ ।
यता बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले पहिलो चरणमा ७ हेक्टर क्षेत्रफलको जग्गामा बृक्षारोपण गर्ने भएपनि त्यस वरपर रहेका बनको अतिक्रमित सम्पुर्ण जग्गाहरु सुकुम्बासीको नाममा रहेको हुकुमबासीबाट छुट्कारा दिलाउँने बताउँनुभएको छ ।
जिल्लाको बिभिन्न ठाउँमा रहेका बनका अतिक्रमित जग्गाहरु बन कार्यालयको मातहत ल्याउँने कार्य बिस्तारै सुरु हुने जानकारी दिएका छन ।
बैठकमा बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्री,कोल्हबी नगरपालिकाको नगरप्रमुख रामप्रसाद चौधरी, पुर्बनगरप्रमुख भरत भण्डारी लगायतको सहभागिता रहेको थियो । बैठकको ब्यवस्थापन सहायक बन अधिकृत जवाहर प्रसाद कुर्मी र ललन राउतले गर्नुभएको थियो ।