कलैया । कलैयामा रहेको राज लक्ष्मी रिलिफ हस्पिटलले थप गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । राज लक्ष्मी रिलिफ हस्पिटलले जनताको स्वास्थलाई मध्यनजर गरि थप राम्रो गुणस्तरीय सेवामा ध्यान दिएर काम गरिरहेको अस्पतालका संस्थापक बिजय साहले दाबी गरेका छन् ।
जनतालाई गुणस्तरीय सेवा दिने लक्ष्य सहित स्वास्थ्यको पहुचभन्दा टाढा रहेका आर्थिक विपन्न सामुदायहरुलाई लक्षित गरि विशेष छुटको ब्यवस्था गरिएको समेत साहले दाबी गरेका छन् । बितेका वर्षमा अस्पतालले सफलतापुर्वक एन आई सियु र आईसियु संचालन गर्नुका साथै हाड जोर्निको १००% सफल शल्यक्रिया,उत्कृष्ट रुपमा बर्थिङ्ग सेवा सन्चालन,जिल्लामै उत्कृष्ट ल्याब भिडियो एक्सरे र ईसिजी सेवा,नाक कान र घाँटी सम्बनधि सफल उपचार,सिटिभिएस को सफलता पुर्वक उपचार र स्वास्थ क्षेत्रमा फड्को मारेको हस्पिटलले जनाएको छ । अस्पताल बाट सेवामा विस्तार गरे पनि छोटो समय मात्र भएकोले आगामी दिनमा थप विस्तार गरि व्यवस्थित रुपमा अस्पतालको व्यवस्थापन गर्दै लैजाने भन्दै संस्थापक साहले बताएका छन् ।
अस्पतालले तत्कालको लागि १५ बेड संचालनको अनुमति लिएर संचालन गर्दै आएकोमा आगामी दिनमा पुनः नेपाल सरकारसँग समन्वय गरि बेड थप्दै यहाँबाट प्रदान गरिने सेवालाई झनै प्रभावकारी बनाउँदै लैजाने बताए । अस्पतालमा ८ जना विशेषज्ञ चिक्सिकहरुको टिमले उपचार गरि रहेको भन्दै अस्पतालले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु कुमारी रोय, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. चन्द्र भुसन यादव , डा. राधेश्याम गुप्ता ,बाल रोग विशेषज्ञ शक्ति नृसिङ्ग यादव, नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. आनन्द रौनियारले सुविधा दिदै आएको बताए ।
२४ औ घण्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी तथा नशा रोग,ओपिडि सेवा,नवजात शिशु तथा बाल रोग सेवा,सिटि स्क्यान,फिजिसियन सेवा,भिडियो एक्सरे,जेनेरेटर सर्जरी,थाइराइड, चिनी , किड्नी, मुटु , लिभर सम्बन्धि रोगहरु को सफल उपचार ओ.टि सेवा भेन्टिलेटर, प्याथोलोजी लगायतको सम्पुर्ण आधुनिक सुविधाहरु उपलब्ध भएको अस्पतालका निर्देशक बिजय साहले बताए ।