वीरगञ्ज
नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले नेपाली काँग्रेस पर्साका पुर्ब सभापति अजय द्विबेदीलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीले सहयोग गरेको उम्मेदवारलाई असहयोग गरेको भन्दै समितिले द्विबेदीलाई निष्कासन गरेको हो ।द्विबेदीसहित काँग्रेसको अनुशासन समितिले देश भरिबाट ७४ जनालाई निष्कासन गरेको छ ।
यसैगरि पर्साबाट क्रियाशिल सदस्य सुधिर पटेल र चन्द्रकिशोर चौधरीलाई पनि निष्कासन गरेको छ ।मँसिर ४ गते हुन गईरहेको प्रतिनिधी र प्रदेश सभा निर्बाचनमा पार्टीको उम्मेदवार तथा पार्टीले गठबन्धन गरि सहयोग गरेको उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरुलाई निष्कासन गरिएको हो ।
काँग्रेसले सहयोग गरेको पाँच दलीय गठबन्धनबाट लोसपाका नेता लक्ष्मण लाल कर्ण पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा उम्मेदवार छन ।तर द्विबेदीले उनलाई असहयोग गर्दै यसै क्षेत्रबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन ।
पटेल पनि क्षेत्र नम्बर १ को १ बाट स्वतन्त्र रुपमा प्रदेश सभा सदस्यमा उम्मेदवार छन ।