काँग्रेसले टिकट नदिएपटि नेता अजय द्विबेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।उनले पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा साँसदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
काँग्रेस पर्साका पुर्ब जिल्ला सभापति समेत रहेका द्विबेदीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन ।
पर्सामा काँग्रेसका पुराना नेताको रुपमा चिनिने द्विबेदीले उम्मेदवारी दर्ता गराउदै अन्यायको बिरोधमा आफनो उम्मेदवारी भएको बताए ।उनले गठबन्धनको नाममा आफुलाई उम्मेदवार बनाउनबाट बञ्चित गरिएकोले गठबन्धनलाई ठगबन्धनको सँज्ञा उनले दिएका थिए ।
आम जनताले आफुलाई बिकाश गर्ने नेताको रुपमा चिनेकोले जनताको आवाज बनेर आफुले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई थियो ।
द्विबेदी २०६४ सालको सँबिधान सभा निर्बाचनको बेलामा सँबिधान सभा सदस्यमा निर्बाचित भएका थिए । सता गठबन्धनमा भएको सहमति अनुसार पर्साको क्षेत्र नम्बर १ लोकतान्त्रिक समाजबादी पार्टीले पाएको छ । क्षेत्र नम्बर २,३ र ४ भने नेपाली काँग्रेसले पाएको छ ।