महागढीमाईको ६९ करोड १४ लाख ६० हजार बजेटको आय व्याय सार्वजनिक

गढीमाईखवर डट कम
155 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

महागढीमाई नगरपालिकाले आ.ब ०७९÷०८० को आय ब्याय सर्बसहमितबाट प्रस्तुत गरिएको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको अध्यक्षता आय ब्याय नगर उपप्रमुख तारादेबी कानुले प्रस्तुत गरेकी छिन ।

आ.ब ०७९/०८० को आय तर्फ नेपाल सरकारबाट वितीय समानीकरण अनुदान रु १६ करोड ८१ लाख, राजश्व बाडफाडबाट रु ११ करोड ५६ लाख २४ हजार, मधेश प्रदेश सरकारबाट वितीय समीकरण अनुदान रु १ करोड २३ लाख ३६ हजार,राजश्व बाडफाडबाट ४५ लाख, बिषेश अनुदान रु ३० लाख, सम्पुरक अनुदान रु २० लाख,केन्द्र सरकारबाट विभिन्न बिषयका लागि सर्शत अनुदान चालू तर्फ रु २५ करोड ७३ लाख,सर्शत अनुदान पुजि तर्फ रु २ करोड ८६ लाख,सम्पुरक अनुदान रु २ करोड, आन्तरिक आयबाट ४ करोड तथा आर्थिक बर्ष ०७९/०८० बाट अल्या भइ आएको रकम ४ करोड गरि जम्मा ६९ करोड १४ लाख ६० हजार आय अनुमान गरिएको उपप्रमुख कानुले बताइन् ।

त्यस्तै ब्याय तर्फ ४३ करोड ३० लाख ३० हजार, र पुजिगत तर्फ रु २५ करोड ८४ लाख ३० हजार मात्र गरि कुल रकम रु ६९ करोड १४ लाख ६० हजार रकम विनियोजन गरिएको उपप्रमुख कानुले जनकारी गराइन ।

नगरप्रमुख यादवले आफ्नो दोस्रो कार्यकालमा निर्वाचित वडा अध्यक्षलाई वडामा बिकास गर्नको लागि आ.ब मा ८० लाख रुपैया बजेट छुटयाएर प्रतेक वडा कार्यालयमा पठाउने निर्णय भएको नगरप्रमुखले जनकारी गराएको छ । उहाँले भने शिक्षा, स्वास्थ्य, कृषी, रोजगारी,पर्यटन लगाएत क्षेत्रलाई बिकास गर्नको लागि प्राथमिकतामा राखिएको छ ।

 

साझा गर्नुहोस्