सता गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा कर्णको उम्मेदवारी दर्ता

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 614
पढ्न लाग्ने समय : 1 मि.

पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्यमा सता गठबन्धनको तर्फबाट लक्ष्मण लाल कर्णले उम्मेदवारी दर्ता गराएका छन ।

लोकतान्त्रिक समाजबादी पार्टीका नेता कर्णले गठबन्धनको साझा उम्मेदवारको रुपमा आफनो उम्मेदवारी दर्ता गराएका हुन ।

कर्ण लामो समयदेखि मधेसबादी दलमा आबद्ध रहेर मधेसको मुदा उठान गर्दै आएका छन । २०७४ सालको निर्बाचनमा उनी महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टीको तर्फबाट पर्सा क्षेत्र नम्बर ४ बाट साँसदमा निर्बाचित भएका थिए ।

उम्मेदवारी दर्ता गराउदै उनले गठबन्धनको कारणले क्षेत्र नम्बर परिबर्तन गरेको भएपनि आफु जनताको बिकाशको लागि नै यसपालि क्षेत्र नमबर १ बाट उम्मेदवारी दिएको उनले बताए ।यो क्षेत्रमा आएपछि अहिले क्षेत्र नम्बर ४ का जनताहरु केही दुखित भएको पनि कर्णले जानकारी दिए ।

आफु साँसद हुदा क्षेत्र नम्बर ४ मा गरेको बिकाश निर्माणका कार्यलाई देखेर त्यहाँका जनताहरु खुसी भएको उनको भनाई थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।