विद्यार्थीद्धारा सिम्रौनगढ नगरपालिकामा तोडफोड

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

विद्यार्थीहरुको समुहले बाराको एक पालिकाको कार्यालयमा तोडफोड गरेका छन ।

जिल्लााको सिम्रौनगढ नगरपालिका कार्यालयमा मंगलवार स्थानीय विद्यालयका विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेका हुन ।

नगरपालिका अन्तरगत कचोर्वा, कंकाली, खजानी विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरूले नगरपालिका कार्यालयमा तोडफोड गरेर लाखौैं रुपैयाँ बराबरको धनमाल क्षति पु¥याएका हुन् ।

उनीहरुले नगरपालिकाले आफुहरुलाई भ्रमण खर्च नदिएको भन्दै तोडफोड गरेको नगरपालिकाका मेयर किशोरी साहले बताएका छन ।

आक्रोशित विद्यार्थीहरुले कार्यालयका सवारी साधान, कार्यालयको झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण, टिभी, एसी आदी सामानहरु तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।

विद्यार्थी समूहले भ्रमण खर्च माग्न नगर प्रमुख किशोरी साह कलवारलाई भेट्न गएका थिए ।

तर नगरप्रमुख कलवारले अहिले भ्रमण नजान र दशैतिहारपछि रकम उपलब्ध गराउने बताएपछि विद्यार्थीहरु आक्रोशित भएका हुन । त्यसपछि विद्यार्थी समूहले नगरकार्यपालिका कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको स्थानीयहरुले बताए ।

नगरपालिकाको कार्यालय तोडफोड गरेको सूचना पाएपछि नेपाल प्रहरी र शस्त्र प्रहरी बल घटनास्थल पुगेर तोडफोड रोकाएका थिए ।

घटनावारे थप अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, बारा प्रहरी प्रमुख,प्रहरी उपरीक्षक होबिन्द्र बोगटी घटनास्थल पुगेका थिए ।

घटनावारे थप अनुसन्धान भईरहेको र अनुसन्धान गरी दोषीलाई कारबाही गरिने प्रहरी उपरीक्षक बोगटीले बताए । प्रहरीको विद्यार्थीहरुमाथि सामान्य बल प्रयोग गर्दा केही विद्यार्थीहरु सामान्य घाटचोट लागेको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *