१४ लाख ऋणको ४२ लाख बुझाईसक्यौ : मिटरब्याजी पिडीत

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 759
पढ्न लाग्ने समय : 4 मि.

तीन बर्षअघि लिएको १४ लाख ऋणको साँवा र ब्याज गरि ४२ लाख साहुलाई बुझाएपनि साहुले अझै रकम माँग गरेर हैरान गर्दै आएको मिटरब्याजी पिडीतले बताएका छन ।

बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गरि रौतहटको मौलापुर नगरपालिका–२ निवासी ऋणी दयाशँकर यादवकी श्रीमती र आमाले साहुलाई ४२ लाख भुक्तानी गरेको भएपनि अझै रकम माँग गरेर हैरानी दिएको आराप लगाएका छन ।

यादवकी श्रीमती सन्ध्या यादवले आफनो श्रीमानले २०७६ सालमा बाराको आदर्श कोतवाल गाउँपालिका–३ भटिनिया घर भई हाल कलैया उपमहानगरपालिका–५ बस्ने अनिल कुमार प्रियदर्र्शीसंग १४ लाख रुपैया ऋण लिएको तथा सो ऋणबापत ४२ लाख भुक्तानी गरेको बताईन ।

उनले साहु अनिलले सो बेला आफना श्रीमानलाई झुक्याएर ऋण दिएको एक हप्ता पछि नै खाली चेक ६ थान समेत लिएको बताईन ।

हालसम्म १४ लाख ऋणबापत ४२ लाख रकम साहु अनिललाई आफुहरुले नगदै बुझाईसकेको भएपनि ऋण बाँकी रहेको भन्दै अनिलले दुख दिने गरेको सन्ध्याले पत्रकार सम्मेलनमा सुनाईन ।

साथै अनिललाई २८ लाख र ११ लाख गरि ३९ लाखको चेकसमेत दिएको उनले बताईन ।

मिटर ब्याज र टयाक्सी ब्याज लाग्छ भनेर साहुले दुख दिदा आफहरुले बाध्य भएर खाली चेकमा सही गरेर दिएको सन्ध्याको भनाई थियो ।’लिएको बास्तविक ऋणबापतको पैसाको तेब्बर रकम नगदै र ३९ लाखको चेक समेत दिईसक्दा समेत अझै ऋण बाँकी रहेको भन्दै अनिलले दुख दिन थालेपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालय बारामा पिडीतकी आमा सुनैना देबीले अनिल बिरुद्ध उजुरी दिएकी छिन ।

पत्रकार सम्मेलनमा आँखा भरि आँसु लिएर आफना पिडा सुनाउदै दयाशँकरकी पत्नि सन्ध्याले साहु अनिलले ठगी गर्नकै लागि आफनो नाममा चेक नबनाई अर्कैको नाममा चेक बनाउने गरेको जानकारी दिईन । अनिलले लिएको ६ थान चेक भने उनले आफै सरकारी शिक्षक भएकै कारणले अर्काको नाम राखेर चेक भजाउने काम गर्ने गरेको सन्ध्याको भनाई छ ।

१४ लाख ऋण लिएको पैसाको ४२ लाख नगद र चेक समेत दिदा पनि अझै साहु अनिलले आफना अर्कैको नाममा चेक बाउन्स गराएर आफनो पति बिरुद्ध मुदा गरेर जेल बस्न बाध्य बनाएको सन्ध्याले पत्रकार सम्मेलनमा जानकारी दिईन ।

साहुबाट लिएको ऋणबापतको रकम आफनो खेत जग्गा बिक्री गरि तिरेपनि अहिले उल्टै आफनो पतिलाई साहुले मुद्धामा फसाएर गएको असार महिनादेखि नै गौरको जेलमा बसाएकोे दुखेसो सन्ध्याले सुनाईन । ’आफनो एउटै छोरा मात्रै भएको तथा उसले लिएको ऋणको तेब्बर भुक्तानी गर्दा पनि साहु अनिलले मुदामा फसाएर छोरालाई जेलमा बसाएको दयाशँकरकी आमा सुनैनाले गहभरि आँसु भरेर पत्रकार सम्मेलन आफनो पिडा पोखिन ।

काम परेको बेलामा छोराले लिएको पैसा तिरेपनि साहुले दोब्बर तेब्बर रकम अझै बाँकी छ भनेर थप रकम माँग गरेर आफुहरुलाई दिनरातको दुखमा पारेको उनको भनाई थियो । सरकारले अहिले मिटरब्याजीहरु बिरुद्ध उजुरी दिन आव्हान गरेपछि उनले जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजको भन्दा चलाउने सरकारी शिक्षकसमेत रहेका अनिल बिरुद्ध कारवाहीको माँग गर्दै उजुरी दर्ता गराएकी छिन ।उनले आफुहरुलाई यो पिडाबाट मुक्ति दिलााई दिन समबन्धित पक्षसित आग्रह गरिन ।

यता सोही सन्र्दभमा पिडीतहरुले आफुहरु माथि लगाएको सबै आरोपहरु गलत र निराधार रहेको साहु अनिल प्रियदर्शीले बताएका छन ।उनले पत्रकार सम्मेलन गरेर पिडीतहरुले आफु माथि जे आरोप लगाएपनि त्यस्तो कुनै पनि कुरा नभएको बताए ।

आफु शिक्षक पनि भएको तथा यस्तो कार्य गर्न नसक्ने दाबी गर्दै उजुरीको सम्बन्धमा छानबिनको लागि आफु तयार रहेको अनिलको भनाई छ । उनले कसैलाई पनि झुठा आरोप लगाएर बदनाम गर्न छुट नभएको बताउदै सत्य तथ्य चाँडै बाहिर आउने दाबी समेत गरे ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।