कलैया : बारामा चार लाख ४२ हजार मूल्य बराबरको भन्सार छलि नेपाल भित्राइएको कपडा सहित एक टेम्पुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले कपडा ओसार पसारमा संलग्न एक टेम्पुलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका हुन्।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको टोलिले बाराको जिल्लाको बिश्रामपुर गाउँपालिक वडा नं.५ नकटुवा स्थितमा मटिअर्वाबाट वीरगंज तर्फ जाँदै गरेको ना २ ह ५६७६ नं.को टेम्पुलाई जाँच गरेको हो। टेम्पुसहित कपडा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय प्रसौनि बारामा ल्याई राखिएको छ।
बरामद भएको कपडामा लेडिज भेष्ट ४० पिस रहेको छ। लेडिज कुर्ता सुट २६ पिस रहेको छ। तन्ना कपडा १६० मिटर प्रहरीले नियन्त्रणमा लिएको हो। पुरूषले लगाउने धोति कपडा ९ पिस, गम्छा –२० पिस,सुट कपडा ८६ मिटर बरामद भएको छ।
उनका अनुसार ना २ ह ५६७६ नं.को टेम्पुको मूल्य दुई लाख ५० हजार रहेको छ। चार लाख ४२ हजार रुपैयाँ बराबरको सामानहरू नियन्त्रणमा लिएको हो। टेम्पु चालक फरार रहेका छन्। फरार चालकको खोजतलाश कार्य भईरहेको प्रवक्ता पण्डितले जानकारी दिए।









