जागिर लगाई दिन्छु भन्दै ठग्ने बिरुद्ध सिमराका २७ जनाद्धारा प्रहरीमा उजुरी

गढीमाईखवर डट कम
105 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बाराको जीतपुर स्थित नेपाल फर्मास्यिुटीकल्स लिमिटेड (एनपीएल) मा जागिर लगाईदिन्छु भन्दै एक ब्यक्तिले बिभिन्न ब्यक्तिसँग रकम ठगेका छन् ।

जागिरको लालच दिएर ठग्ने व्यक्तिलाई कारबाहीको माग गर्दै २७ जनाले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएका छन् । नेपाल फर्मास्यिुटीकल्स लिमिटेड एनपीएलको सुपरभाईजर दाबी गर्ने र विरगञ्ज महानगरपालिका वडा नं.१४ मुर्ली घर बताउने राजकुमार महतोले आफुहरुलाई ठगेको तथा बेरोजगार बनाएको उनीहरुले आरोप लगाएका छन्।

उनीहरुले दुई पटक बैंकमा र एक पटक नगद हातैमा गरी जम्मा चौरानब्बे हजार पाँच सय रुपैंया दिइएको बताएका छन्। काम गरिरहेको संस्थामा बिदा भएर एनपिएल जाने तयारी गरेकाहरु २१ गते साँझदेखि आरोपी महतोको फोन स्विच अफ आएपछि पैसा दिएर रोजगारीको पर्खाईमा रहेका सबै जना सशंकित भएका थिए ।

सबै जना सल्लाह गरी आइतबार एनपीएल पुगेर बुझ्दा राजकुमार महतो नाम गरेको व्यक्ति कम्पणीको कर्मचारी नभएको र जागिर पक्का भएको कुरा पनि झुटो भएको भन्ने बुझेपछि उनीहरु प्रहरीको शरणमा पुगेका हुन्। ईलाका प्रहरी कार्यालय सिमराले उजुरी दर्ता गरी आवश्यक कार्बाही अगाडि बढाएको जनाएको छ

साझा गर्नुहोस्