बातावरण र पर्यावरण जोगाएर दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल बन्छ ः मन्त्री चौधरी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

धिरेन्द्र पनुहर,/
नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले बारामा नै दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल बन्ने बताउँनुभएको छ ।

बाराको कोल्हबी नगरपालिकाको आठौ नगरसभाको विहीवार उद्घाटन गदै मन्त्री चौधरीले यस्तो बताए ।

मन्त्री चौधरीले बनजङ्गल जोगाउँदै बातावरण र पर्यावरण जोगाउदै बारामा नै बनज दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल बनाईने दावी गरेका छन।

देशको आर्थिक मेरुदण्ड भनेकै दोश्रो अन्तर्रास्ट्रिय विमानस्थल भएकाले यो योजना सरकारको प्राथमिकतामा रहेको मन्त्री चौधरीले बाएका छन । उनले बनजंगल किशानको प्राण हो भन्दै जङ्गल जोगाउदै कुनै पनी हालतमा बिमान् स्थल बन्नुपर्नेमा जनाए ।

कुनै शक्तिले निजगढ विमानस्थल रोक्न नमिल्ने बताउँदै सरकारले पनि दोस्रो अन्तर्राष्ट्रिय बिमान स्थल बनाउनै पर्ने मनसायले अघि बढेको जानकारी दिए ।

सरकारले चालु आर्थिक बर्षमा बिमानस्थल निर्माणकोलागि बजेट छुट्याएको बताउँनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले तराई मधेस स्यालो ट्युबेल कार्यक्रम मार्फत प्रत्येक वडामा बजेट छुट्याएको चौधरीले बताएका छन ।

कोल्हवीमा एक घर एक धारा ल्याउने घोषणा समेत मन्त्री चौधरीले गर्नुभएको छ ।

कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद त्रिलोकी चौधरी, कोल्हवी नगरपालिकाकी उपमेयर लक्ष्मीचौधरी, निमितप्रमुख प्रसाशकिय अधिकृत साबिर ठकुराई, नेपाली कांग्रेस कोल्हवी नगर सभापति बिरेन्द्र चौधरी, एमाले नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, माओवादी केन्द्रका नगर अध्यक्ष रामचन्द्र साफि,लोसपाका नगर अध्यक्ष हरिचन्द्र पनुहर, सुशासन पार्टीका अध्यक्ष ज्ञानेन्द्र चौधरी,राप्रपाका अध्यक्ष राजेन्द्र मैनाली , अनुपदिपनिका पुर्व प्राचार्य केवल चौधरी, सपही बिधालय ब्यवस्थापन समितिका अध्यक्ष तपेश्वर रायथारु ,समाजसेवी ढुन्डिराज उप्रेती लगायतकाले आफनो सुझाव ब्यतm गरेका थिए ।

सो अवसरमा नगरका १ देखि ११ वडाका वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु, ईलाका प्रशासन कार्यालय कोल्हवीकाप्रमुख, ईलाकाप्रहरी कार्यालय कोल्हवीकाप्रहरी निरिक्षक संतोष कुमार दहाल, सशस्त्र बेस कोल्हवीकाप्रमुख ,पत्रकार लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनगर्दै नगरप्रमुख रामप्रसाद चौधरीलेले शिक्षा, स्वास्थ्य, कृषि, सिचाई, बाटोघाटो निर्माण , मठमन्दिर, मस्जिद निर्माण, कृषकहरुका लागि कृषि मिटर निशुल्क रुपमा प्रदान गर्नेदेखि अन्य नागरिकलाई प्रत्येक्ष फाईदा पुग्ने गरि योजनाहरु प्रस्ताव गरेको बताए ।

आफु नगरपालिकामा सेवागर्न आएको भन्दै मेयर चौधरीले कोल्हवी नगरपालिकामा बोलेर हैन फरक ढंगले काम गरेर परिवर्तनको अभास सर्व सधारण नागरिकलाई गराउने प्रतिवद्धता ब्यतm गरेका थिए । कार्यक्रम संचालन अजय उप्रेतीले गरेकाथिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *