जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका चुनाव ः एमालेलाई पछार्न एमाले बाहेकका दलबिच गठबन्धन

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 649
पढ्न लाग्ने समय : 2 मि.

रञ्जन यादब
बारा १४ जेठ
बारामा भोलि हुन गईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाको आँठ जना कार्यपालिका सदस्यकोलागि १६ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेले आँठ वटै पदमा एक्लै उम्मेदवारी दिएको छ भने नेपाली काग्रेस , माओवादी केन्द्र ,एकीकृत समाजवादी र लोसपा नेपालले मिलेर उम्मेदवारी दिएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभामा १२२ जना निर्वाचित जन प्रतिनिधि मतदाता रहेका छन् । जसमा एमालेको एक्लै ६९ जना ,काग्रेसको २४ जना ,माओवादी केन्द्रको १९ जना ,लोसपा नेपालको ६ जना र एकिकृत समाजवादीको ४ जना नगर सभा सदस्य रहेका छन् ।

दलित तथा अल्पसंख्यक समुहमा माओवादी केन्द्रले तीन जना , महिला सदस्य मनोनयन दर्ता भएका उम्मेदवारमा नेपाली काग्रेसले ३ जना र माओवादी केन्द्रले २ वटा उम्मेदवार खडा गरेको छ ।

माओवादी केन्द्रको दलित तथा अल्पसख्यकको तर्फबाट वडा नं.२३ का कैमुदिन अंसारी ,वडा नं.७ का शिव जी प्रसाद साह सोनार ,वडा नं.२१ का मान बहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेले दलित तथा अल्पसंख्यक समुहमा वडा नं.४ को अर्जुन बि.क.,वडा नं.२१ को प्रहलाद साह सोनार र वडा नं.१८ का प्रभावती देबी पासवानले उम्मेदवारी दर्ता गराएका छन् ।

यता महिला सदस्यमा नेपाली काग्रेसबाट वडा नं. ५ को बिमला देबी शर्मा , वडा नं.१ को चित्र कुमारी बि.क.ले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट वडा नं.१५ का मन माया घले र सुशिला देबी थरुनीले उम्मेदवारी दर्ता गराएका छन् ।

यता नेकपा एमालेको तर्फबाट महिला सदस्यमा वडा नं.६ का बुद्ध कुमारी अधिकारी ,वडा नं.१६ का पबित्र माया कार्की ,वडा नं.२१ का सुकुमाया कुमारी , वडा नं.१४ का रामपती थरुनी र वडा नं.२० का माया देबी चौधरी उम्मेदवार रहनुभएको छ । नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकामा उप प्रमुख सहित १३ वटा वटा वडा अध्यक्ष पद जितेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकामा २४ वटा वडाहरु रहेका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवारी दिएका शिव जी साह सोनार लोसपा नेपालका नगर संयोजक हुनुहुन्छ भने मान बहादुर तमाङ्ग एकिकृत समाजवादीबाट हुनुहुन्छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।