पकहा मैनपुरमा अध्यक्ष,उपाध्यक्ष र पाँचै वडामा काँग्रेस नै बिजयी

गढीमाईखवर डट कम
113 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

राम मण्डल/
पर्साको पकहा मैनपुर गाउँपालिकामा नेपाली काँग्रेसले अन्य दलहरुलाई क्लिन स्विप गरेको छ ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र पाँच वटै वडामा काँग्रेसले जित हसिल गरेको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार सुरेश प्रसाद ४६८५ मत प्राप्त गरि बिजयी भएका छन ।

उनी आफना निकटतम प्रतिद्वन्दीसित २१५६ मतको अन्तरले बिजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्दी गाउँपालिकाको निबर्तमान अध्यक्ष समेत रहेका जनता समाजबादी पार्टीका बिजय चौरसियाले २५२९ मत मात्रै प्राप्त गरे ।

गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकी सरफुन नेसा ४१४१ मत ल्याउदै उपाध्यक्षमा निर्बाचित भएकी छिन ।

उनी आफना निकटतम प्रतिद्वन्दीसित २२६९ मतको अन्तरले उपाध्यक्षमा जितेकी हुन ।

उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी निलम चौरसिायाले १८७२ मत ल्याएर चित बुझाईन ।

गाउँपालिकामा रहेका पाँच वटै वडामा पनि काँग्रेसका उम्मेदवारहरु नै वडाध्यक्षमा निर्बाचित भएका छन ।

वडा नम्बर १ को वडाध्यक्षमा १०७३ मत प्राप्त गरि बिनोद मेहता वडाध्यक्षमा जितेका छन ।

वडा नम्बर २ मा काँग्रेसकै मुकुट प्रसाद चौहान ४५९ मतका साथ वडाध्यक्षमा निर्बाचित भएका छन ।

वडा नम्बर ३ मा समेत काँग्रेसका सन्जय प्रसाद चौहान ८१९ मत ल्याएर वडाध्यक्षमा बाजी मारेका छन ।

यस्तै ६७३ मत ल्याउदै वडा नम्बर ४ मा काँग्रेसका ढेडी प्रसाद यादव दोहोरिएका छन ।

उनी ०७४ सालमा पनि काँग्रेसबाट नै वडाध्यक्षमा जितेका थिए । वडा नम्बर ५ मा काँग्रेसका बलिराम प्रसाद बरैले ६८२ मतका साथ वडाध्यक्षमा चुनिएका छन ।

साझा गर्नुहोस्