रञ्जन यादब
बारा ०३ जेठ
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुनिल गुप्ताको प्यानल निर्वाचित भएको छ । प्यानलसहित जित हात पार्ने क्रममा गुप्ताले एक हजार ६ सय ४४ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका राजुराज गिरीले एक हजार दुई सय ९४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मुगले आजम मंसुरले चार सय ६० मत प्राप्त गरेका छन् ।
उक्त वडामा एमालेका उम्मेदवार सिता उप्रेती, दलित महिला सदस्य ललिता देवी पासवान, सदस्य नविन मैनाली, महमद नुरुल्लाह अंसारी सदस्यमा निर्वाचित भएका छन् ।









