१० हजार ३ सय ९५ मेट्रिकटन दलहन उत्पादन

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 189
पढ्न लाग्ने समय : 1 मि.

बारामा यो बर्ष १० हजार ३ सय ९५ मेट्रिकटन दलहन उत्पादन भएको छ ।

चालु आर्थिक बर्ष २०७८/७९ मा जिल्ला विभिन्न स्थानहरुका कृषकहरुले बिभिन्न जातको दलहन खेती गरि उक्त परिणामको दलहन उत्पादन गरेको कृषि ज्ञान केन्द्र बाराले जानकारी दिएको छ ।

यस बर्ष समय समयमा पानी पर्दा दलहन खेतीमा केहि क्षति भएको हुदा उत्पादकत्वमा कमी आएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिएका छन ।

जिल्लाकोे १६ वटै पालिकाहरुको करिब ११ हजार ५ सय ५० हेकटर क्षेत्रफलमा विभिन्न जातका दलहन खेती गरिएको थियो । यसबर्ष जिल्लामा हेक्टर जिरो दशमलव ९० मेट्रिकटनले १० हजार ३ सय ९५मेट्रिकटन दलहन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।

बारामा गत बर्ष २०७७/७८ सालमा कृषहहरुले बिभिन्न जातको दलहन कुल ११ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर जिरो दशमलव ९६ मेट्रिकटन दलहन उत्पादन गरेको थियो । गत बर्षको तुलनामा यो बर्ष उत्पादनमा कमी आएको प्रमुख यादवले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।