नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले तराई मधेसको जनताको उत्थान गर्दै हरेक समस्या समाधान गर्ने पार्टी नेपाली काँग्रेस मात्र रहेको बताएका छन ।
नेपाली काँग्रेस बारा जिल्लाका नव निर्वाचित पदाअकिारी सहित कार्यसमिति हरुसंगको शुभकामना अदानप्रदान एवम परिचात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति यादवले मधेस केन्द्रित दलका नेताहरु सता र शतिmका लागि मात्र राजनीतिक गरिरहेको आरोप लगाए ।
यस्तै उनले मधेसी जनताहरुलाई धोका दिने बाहेक अन्य काम ती दलहरुका नेताहरुले नगरेको आरोप लगाए ।
मुलुकको समृद्धि, बिकास, शान्ति सुव्यवस्था कायम गर्दै बिधीको शासन कायम गराउने पार्टी नेपाली काँग्रेस रहेको चर्चा गर्दै देशको निकासका लागि पनि पार्टी जहिलेपनि अग्रपंतिmमा रही काम गरिरहेको उहाँले स्मरण गराए ।
मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेसले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउदै उपसभापति यादवले काँग्रेसलाई देशको पहिलो पार्टी बनाउनका लागि मत हाल्न सबैलाई अपिल समेत गरे ।
फरक प्रसंगमा उपसभापति यादवले पार्टीमा सहमति, सहकार्य र एकता कायम गर्दै सबैलाई एकताको शुत्रका बाधी एक ढिक्का बनाई काँग्रेसलाई अगाडी बढाउने दायित्व नवनिर्वाचित सभापति राजेशराय राय यादवको काँधमा जिम्जेवारी आएको हुदा बहन गर्न आग्रह समेत गर्नुभयो ।
नेपाली काँग्रेसका उपसभापति मनोज भट्रको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निवर्तमान सभापति जयचन्द्र चौरसिया, सभापतिका प्रत्यासी उम्मेदवार शम्भुबहादुर बुढाथोकी, उपसभापति अमिरीलाल पाल, सचिव भैयाराम यादव,अर्का सचिव राजेश रौनियार, सहसचिव प्रमोद यादव, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशंकर यादव, ३ का क्षेत्रिय सभापति प्रभात कुमार चौरसिया, नेता राजेन्द्र जयसवाल, पतरौता नगरपालिकाका नगरसभापति गोबारी राय यादव, आर्दश कोतवाल गाँउपालिकाका सभापति जवाहर प्रसाद साह लगायतले आफनो सुझाव ब्यतm गर्दै शुभकमाना अदान प्रदान गरेका थिए ।
कार्यक्रमका अधिकान्स सहभागीहरु स्थानिय निर्वाचनमा गठबन्धन नगरी नेपाली काँग्रेस एक्लै चुनावमो होमिनु पर्ने धारणा ब्यतm गरेका थिए । हाम्रो हैईन पार्टीमा योग्दान गरेका राम्रालाई टिकट दिन सुझाव समेत सहभागीहरुले दिएका थिए ।