सिकेन्द्र पासवान/
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले कलैया उपमहानगरपालिकाको २ वटा वडामा दलित, अतिबिपन्न बर्गका १ सय १४ जनालाई गर्मीयाममा लगाउने लुगा र जुता निशुल्क प्रदान गरिएको छ ।
वडा नम्बर १० र १२ का अति बिपन्न बर्ग, दलित समुदायलाई एक÷एक थान जुता, टीसर्ट, हाप ज्याकेट, लौँगसर्ट, महिलाहरुले लगाउने भित्री कपडाहरु वितरण गरिएको हो ।
गृह मन्त्रालयबाट पठाएको कपडा लक्षित बर्गका समुदायहरुलाई प्रदान गर्दै गरिबीको अभावमा हातमुख जोर्न समस्या रहेकाहरुलाई केही हदसम्म कपडाले राहत महसुस हुने प्रजिअ कटुवालले बताए ।
परिवारहरुलाई चलाउनमा नै कठिनाई भईरहेको उहाँहरुलाई ईच्छा हुदा हुदै गरिबीको अभावमा फाटेका कपडाहरु सियोधागोबाट सिलाई गरि आफनो शरिरलाई ढाक्ने गरेकाहरुलाई सरकारले कपडा प्रवन्ध गर्नु निकै नै सबल पक्ष रहेको प्रजिअ कटुवालले जोड दिए ।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्ष, वडा सदस्यहरु लगायतको सहभागितामा सो समानहरु वितरण गरिएको थियो ।