स्थानीय तहको निर्वाचन लक्षित वुट क्याम्प तालिम उद्घाटन

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 526
पढ्न लाग्ने समय : 1 मि.

महागढीमाई नगरपालिका वडा नं. २ मा रहेको सभाहलमा शनिवार देखी ४ दिने प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित वुट क्याम्प तालिमको उद्घाटन गरिएको छ ।

माण्डवीको सहजिकरण तथा आयोजनामा र आईएफईएसको प्राविधिक सहयोगमा सो तालिमको आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । सो तालिम फागुन २८ देखि चैत्र १ गते मंगलबार सम्म ४ दिन सम्म सञ्चालन हुने छ ।

सो तालिम नगरपालिकाकी समाजिक विकास अधिकृत गुन्जा कुमारी जयसवालको प्रमुख आतिथ्यतामा तथा माण्डवीका कार्यक्रम अधिकृत राजु कुमार साहको अध्यक्षतामा उद्घाटन गरिएको थियो। सो तालिमको उद्घाटन प्रमुख अतिथिले मैनबत्ती बालेर गरेका थिए ।

सो तालिम आउने निर्वाचनमा महिला वडा सदस्यहरूको सहभागिता बढाउने तथा महिला वडा तिनीहरूको नेतृत्व क्षमता विकास गर्ने मुख्य लक्ष्यको साथ सो तालिमको आयोजना गर्न लागिएको बताइएको थियो ।

सो तालिमको प्रशिक्षकमा निभा सिंह र नेक महम्द हुसेन रहेक छन भने कार्यक्रममा स्वागत मन्तव्य माण्डवीका सामाजिक परिचालक अनिल साहको रहेको थियो भने सञ्चालन माण्डवीकी प्रशासक सहायक (एडमिन) सुप्रीया चौधरीको रहेको थियो ।

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।