बारा प्रहरी विभिन्न मुद्धामा अदालतबाट दोषी करार गरेको दुई जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।बारा जिल्ला अदालतको फैसला कार्यान्वयनको सिलसिलमा प्रहरीले बारा निजगढ नगरपालिका वडा नम्बर ६ वस्ने केशव प्रसाद पोखरेललाई बहुविवाह अभिषेक भन्ने टुलकु लामालाई लागुऔषध मुद्धामा दोषी करार गरेको थियो ।
पोखरेललाई अदालतले २०७५ असार ७ गते बहुविवाहमा १ वर्ष कैद र लामालाई मिति २०७५ फागुन ३० गते दुई महिना कैद र दुई हजार जरिवान ठहर गरेको थियो ।जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बारा जिल्ला अदालतमा उपस्थिति गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन । अदालतको आदेशानुसार कैद लागेका प्रतिवादीहरूलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको छ ।









