पर्सा प्रहरीले भन्सार छली गरेर ल्याउदै गरेको तीन लाख चार हजार बराबरको हार्डवेयर सामाग्री पार्टस तथा औषधि बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र लिंकरोड स्थित भारतबाट भन्सा छली ल्याउदै गरेको अवस्थामा उक्त सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सामानहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।