पथलैया–वीरगञ्ज व्यापारीक मार्गको ७८ प्रतिशत काम सम्पन्न

गढीमाईखवर डट कम
123 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादव/
राष्ट्रिय गौरवको आयोजनाकै रुपमा रहेको पथलैया–वीरगञ्ज सडक खण्डको व्यापारीक मार्ग निर्माण कार्यको हालसम्म ७८ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

२०७३ साउनदेखि सुरु भएको दुई वर्षे निर्माण अवधिमा सो भौतिक संरचना निर्माण भएको उक्त सडक निर्माणको कार्य ७८ प्रतिशत मात्र सम्पन्न भएको हो ।

सड्क खण्डको निर्माण गर्नुपर्ने २६ किलोमिटरमध्ये ६ वर्षमा एउटा पुल र ६ सय मिटर सडकमात्र निर्माण पूरा भएको पथलैया–वीरगन्ज सडक खण्ड आयोजनाको कार्यालय पथलैयाले जनाएको छ ।

नेपालकै प्रमुख आर्थिक करिडोर पथलैया–वीरगन्ज सडक खण्डको २६ किलोमिटरमध्ये ६ वर्षमा एउटा पुल र ६ सय मिटर सडक मात्र निर्माण पूरा भएको छ ।

बारा जितपुरको लालका पुल र ड्राइपोर्टदेखि आईसीपीसम्मको ६ सय मिटर सडकमात्र निर्माण कम्पनीले योजनालाई स्वामित्व हस्तान्तरण गरेको योजनाका प्रमुख मनिषकुमार साहले जानकारी दिनुभयो ।योजनाले सार्वजनिक गरेको तथ्यांकमा उक्त पुल र सडकबाहेक ७८ प्रतिशत भौतिक प्रगति उल्लेख गरेको छ ।

२०७३ साल असार २९ गते सुरु गरिएको आयोजना प्रत्येक ८ महिनामा २५ प्रतिशत प्रगति दिने शर्त राखिएको थियो ।

बाराको पथलैयादेखि पर्साको सुक्खा बन्दरगाह रहेको सिर्सियासम्मको २६ किलोमिटर ६ लेन निर्माण गर्नुपर्ने छ । जसकोलागि आयोजनाले ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीलाई तीन अर्ब १२ करोड ४१ लाखमा ठेक्का दिइएको थियो।

साझा गर्नुहोस्