बारा प्रहरीले सोह्र जना फरार प्रतिवादीलाई गर्‍यो पक्राउ

गढिमाइ खबर
148 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : जिल्ला प्रहरी कार्यालय बारा तथा यस मातहत रहेका कार्यालयबाट खटेको प्रहरी टोलीले १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरी टोलीले लामो समय देखि बारदात पश्चात फरार रहेका फरार प्रतिवादीलाई पक्राउ गरेको हो। उनीहरुलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरिएको हो। उनीहरुमाथि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको छ।

प्रहरी कारवाहीको सिलसिलामा यस जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा बारागढी गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय बैजनाथ साह, सोही मुद्दामा सोही ठाउँका ४२ वर्षीय तेजलाल साह,सोही मुद्दामा सोही ठाउँका ५० वर्षीय जगदिश साहलाई प्रहरीले पक्राउ गरेको हो।

चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना सजाय पाएका बारा जीतपुर सिमरा उपमहानगरपालिका ३५ वर्षीय रमेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। लागु औषध गाँजा मुद्दामा पचरौता वडा नं. ३ का ६० वर्षीय सन्तलाल दास,वैदेशिक रोजगार मुद्दामा सिम्रौनगढ वडा नं. ६ का कृष्णप्रभात कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो।

वहुविवाह मुद्दामा सिम्रौनगढ ६ का ५५ वर्षीय माला औसिदिन अंसारी,सरकारी छाप किर्ते मुद्दामा जीतपुर सिमरा वडा नं. १४ का ६२ वर्षीय दिनानाथ न्यौपाने,सोही ठाउँकी ६२ वर्षीय पदमकुमारी थापा मगर पक्राउ परेकी हुन्।

नागरिकता मुद्दामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ की ५५ वर्षीय अजित राय,ज्यान मार्ने उद्योगमा महागढीमाई ६ निवासी ४२ वर्षीय पुनदेवप्रसाद यादव,बैकिङ्ग कसुर मुद्दामा फरार रहेका परवानीपुर गाउँपालिका वडा नम्बर ५ निवासी ४० वर्षीय बिष्णुप्रसाद राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका ६० वर्षीय महन्तराउत अहिर,कलैया १० निवासी मोताहिरमिया दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। मानव वेचविखन मुद्दामा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी ४५ वर्षीय मोसलिम मिया धुनिया,लेनदेन मुद्दामा फरार रहेका बारागढी गाउँपालिका वडा नं. ५ निवासी ४६ वर्षीय अनुठा चौधरी पक्राउ परेका हुन्।

ट्यागहरू :
साझा गर्नुहोस्