राष्ट्रिय विभूति सदनमा छिट्टै भेटौंला कार्यक्रम सम्पन्न

गढिमाइ खबर
143 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका कक्षा नौ का विद्यार्थिहरुको आयोजनामा भर्खरै एसईई दिएका विद्यार्थी लक्षित छिट्टै भेटौंला कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

एसईईका विद्यार्थीहरुले विद्यालयमा बिताएका अनुभव सुनाउने तथा शिक्षकवर्गले उनीहरुको सुन्दर भविष्यको लागि शुभकामना दिने वातावरण बनाउन भन्दै सो कार्यक्रम गरिएको हो।

विभूति शिक्षा सदनमा प्लस टु व्यवस्थापन संकाय अध्ययन गर्न आउन सक्ने भोलीको अवस्थालाई ध्यानमा राखेर विदाईको सट्टा सि.यु.सुन अर्थात् छिट्टै भेटौंला कार्यक्रम राखिएको हो। कार्यक्रममा कक्षा९ का छात्रछााहरुले नृत्य प्रस्तुत गरेकाथिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सागर ठाडा मगर,भाइस प्रिन्सिपल किशोर श्रेष्ठ,शिक्षिका लक्ष्मी उप्रेती लगायतले एसईईका विद्यार्थीहरुको उज्वल भविष्यका कामना गरेका थिए।

परीक्षाफल प्रकाशित हुनु अघिको तीन महिनालाई सदुपयोग गर्न उनीहरुले सुझाव दिएका थिए।

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्काको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण आशिर्वाद दुवाडी र अस्मीता गुरुंगले गरेका थिए।

साझा गर्नुहोस्