पोखरी आफ्नो निजि रहेको भन्दै प्रमाणसहित शशीकान्त यादवद्वारा पत्रकार सम्मेलन

गढिमाइ खबर
180 पाठक संख्या

कलैया : पोखरी आफ्नो निजि रहेको भन्दै प्रमाण सहित शशीकान्त यादवले पत्रकार सम्मेलन गरेका छन् ।

लामो समयदेखि निजि रहेको साबिक गा.बि.स महेशपुर वडा नम्बर १ हाल बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० को कित्ता नम्बर ७ को ०–१४–१०–० जग्गा दुलरिया देवी अहिरिनिको नाममा दर्ता रहेको आफ्नो निजि पोखरी रहेको जग्गाधनीका नाति शशीकान्त यादवले पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।

आफू वडा अध्यक्ष पदको प्रत्याशी रहेकोले कलैया उपमहानगरपालिका वडा नम्बर –२६ का वार्ड अध्यक्ष धर्मेन्द्रप्रसाद यादवले आफुमाथि राजनीतिक प्रतिशोध गरी निजि पोखरीलाई बिहिवार पत्रकार सम्मेलनमा ऐलानी पोखरी रहेको दावी गलत रहेको शशिकान्तले पत्रकार सम्मेलनमा बताएका छन् ।

जग्गाधनी दुलरिया देवी अहिरिनिको नाममा दर्ता रहेको आफ्नो निजि पोखरी रहेको उनको नाति शशीकान्त यादवले दाबी गरेका हुन्। आफूहरु दुई दाजुभाइ रहेको र हाल सम्म हाम्रो बिच कुनै पनि अन्स वण्डा नभएको उनले बताए ।

उक्त जग्गाको लालपुर्जा,कर तिरेको रसिद,७ नम्बर फाँटवारी रहेको र विगत लामो समयदेखी जोतभोग गर्दै आएको उनले बताए ।

२०७२ सालमा उक्त जग्गामाथी अख्तियार अनुसन्धानमा मुद्दा परेको थियो र अख्तियारले आफूसंग स्थलगत सर्जमिन मागेको हुँदा सो सर्जमिनमा महेशपुरका भु.पु गाबिस अध्यक्ष लक्ष्मीनारायण यादव,नेपाली कांग्रेसका जिल्ला सदस्य प्रभु प्रसाद यादव,हालका वार्ड अध्यक्ष धर्मेन्द्र प्रसाद यादव र जसपा पार्टी बारा नेता रामबाबू प्रसाद यादव,गाबिस सचिव रामकृष्ण बिष्ट,जिल्ला मालपोत कार्यालय बाराका प्रतिनिधि दरिमोहन सिंह समेतले उक्त सर्जमिनमा हस्ताक्षर गरेको यादवले बताए।

उक्त जग्गाको महागढीमाई नगरपालिकाबाट बैंकको मूल्यांकन गराउने,चार किला सिफारिस लिने र मालपोत कर तिर्दै आएको उनले बताए । आफू नीर उक्त जग्गाको प्रमाण रहेको दाबी गर्दै अदालतको फैसला मान्ने बताए ।

सो जग्गाको लालपुर्जा चिठीको आधारमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साहलाई दिने यादवले बताए। पत्रकार सम्मेलनमा स्थानीयबासीका अनुसार विगत लामो समय देखि शशीकान्त यादवका परिवारहरु पोखरी जोतभोग गर्दै आएको बताएका छन् ।

यता कलैया उपमहानगरपालिकाले गाबिस महेशपुर –१ मा रहेको पोखरी कलैया उपमहानगरपालिका वडा नम्बर –२६ को पोखरी सार्वजनिक ऐलानी रहेको दाबी गरेको छ।

साझा गर्नुहोस्