प्रसौनीको बेलहियामा भयो निःशूल्क आँखा शिवीर

गढिमाइ खबर
272 पाठक संख्या

कलैया,०२ मंसिर : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ को बेलहियामा निःशूल्क आँखा शिवीर सम्पन्न भएको छ ।

बेलहिया अवस्थित पंचायत घरको प्राङ्गणमा शनिबार सो शिवीर भएको हो। प्रसौनी गाउँपालिका वडा नम्बर ५ र ६ को आयोजनामा सो निःशुल्क आँखा शिवीर सम्पन्न भएको हो ।

मात्रिका आइ फाउन्डेसन वीरगंज पानीटंकीको सहयोग तथा नेपाली काँग्रेस प्रसौनी गाउँपालिका ६ को सहकार्यमा सो शिवीर सम्पन्न भएको हो।

नेपाली काँग्रेस बाराका जिल्ला सभापति एवम् कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतमा सो शिवीरको उद्घाटन भएको हो ।

शिवीरमा दुई सय पाँच जना भन्दा बढि मानिसहरूको आँखाको परीक्षण गरिएको थियो । जसमा ६० जनामा मोतियाबिंदु फेला परेको छ ।

मोतियाबिंदुका बिरामीहरुको निः शूल्क शल्यक्रिया,चस्मा तथा औषधि समेत प्रदान गरिने माट्रिका आई फाउण्डेशनका कोअर्डिनेटर राज किशोर गुप्ताले साझेदारी दैनिकलाई जानकारी गराए।

उक्त शिवीरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुनिल कुमार गुप्ता,नेपाली काँग्रेस क्षेत्र नं. ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,इलाका प्रहरी कार्यालय प्रसौनीका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक सुरेश राज भट्ट,नेपाल तरुण दल बाराका सभापति दिपेन्द्रप्रसाद पटेलको सो अवसरमा विशेष उपस्थिति रहेको थियो।

यस्तै सो कार्यक्रममा कांग्रेस बाराका जिल्ला सदस्यहरू नन्देश पटेल,सुरेश साह,राजकिशोर साह,सोनालाल मंडल,क्षेत्रीय सह सचिव नाजिर अंसारी,वडा सदस्य प्रमोद प्रसाद कुशवाहा,युवा नेताहरु संतोष कुमार साह,बोधनाथ जैसवाल,उपेन्द्र कुमार यादव,गिरधारी साह,जमुना रामबाबु साह लगायतको उपस्थिति रहेको थियो।

शौरीशंकर साहको सभापतित्वमा सो कार्यक्रम भएको हो।

साझा गर्नुहोस्